नेपाल सरकार



परिचय
नेपालमा गौगोटी रोगको नियन्त्रण कार्यको सिलसिलामा सर्व प्रथम झापामा पशु क्वारेन्टाइनको आगमन झण्डै चार दशक अघिबाट भएको पाइन्छ । यस स्थानमा पशु क्वारेन्टाइन चेकपोष्ट स्थापना हुनु अघि शनिश्चरे भन्ने ठाउंमा संचालन भएको अभिलेख भेटिन्छ । काकडभिट्टा र भारतको पश्चिम वंगालको पानी टंकी जोड्ने सडक मार्ग एवं मेची नदीमा पक्की पुल निर्माण भए पश्चात केही समय पछि यस स्थानबाट औपचारिक रुपबाट पशु क्वारेन्टाइन चेकपोष्टका कामहरु शुरु गरिएका हुन् । नेपालले विश्व व्यापार संगठन WTO र अन्तराष्ट्रिय पशु स्वास्थ्य संगठन OLE को सदस्यता प्राप्त गरे पश्चात राष्टिय पशु चिकित्सा सेवालाई अन्तराष्ट्रिय मापदण्ड अनुसार संचालन गर्न पशु स्वास्थ्य तथा पशु सेवा ऐन,२०५५ र सो को नियमावली २०५६ कार्यान्वयनमा आइ सकेको छ । यसै क्रममा वि.सं.२०६१ सालमा पशु सेवा विभाग अन्तर्गतका संरचनाहरुमा परिमार्जन हुंदा पूर्ववत् रुपमा संचालित पशु क्वारेनटाइन चेकपोष्टहरुलाइ प्रभावकारी रुपबाट कार्यान्वयनमा ल्याउन एक केन्द्रिय पशु क्वारेन्टाइन कार्यालय र क्षेत्रीय स्तरमा ८ वटा पशु क्वारेन्टाइन कार्यालयहरु स्थापना हुने क्रममा यस कार्यालयको पनि स्थापना भएको हो । पुरा पढ्नुहोस »

कर्मचारीहरु

मुकेश कुमार सिंह
कार्यालय प्रमुख
टेक प्रसाद नेपाल
लेखापाल